ओखलढुंगामा पनि ठूलो झुण्डमा देखियो सलह  « Khabarhub

ओखलढुंगामा पनि ठूलो झुण्डमा देखियो सलह 


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबारबाट नेपाल प्रवेश गरेको सलह किराले विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याएको छ ।

मुलुकका २७ भन्दा बढी जिल्लामा देखिएको सलह किरा ओखलढुंगामा पनि ठूलो झुण्डमा देखिएको स्थानीयले जनाएका छन् ।

फट्याङ्ग्रा जातको सलह कीरा ठूलो झुण्डमा देखिन थालेको स्थानीयले बताएका हुन् । जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा सलह कीरा ठूलो झुण्डमा देखिएको हो ।

कृषकहरुले लगाएको धान तथा मकै बालीमा करिब १ सय देखि ७ सय सम्मको झुण्डमा सलक देखिन थालेको कृषी ज्ञान केन्द्र ओलखढुंगाले जनाएको छ ।

कृषी ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम आले मगरका अनुसार गत असार १७ गतेदेखि जिल्लामा प्रवेश गरेको सलह कीराको विवरण संकलन गर्न थलिएको छ ।

विहीबार जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ५, ७ र ८ मा समेत सलह देखिएको कृषी ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

यस बाहेक सिद्धिचरण नगरपालिकाको रुम्जाटार तथा बिगुटार क्षेत्रबाट समेत कृषकहरुले सानो झुण्डमा सलह देखिन थालोको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम