अब निकै सस्तो मूल्यमा आउँदै नयाँ मोडलको ‘बुलेट बाइक’ « Khabarhub

अब निकै सस्तो मूल्यमा आउँदै नयाँ मोडलको ‘बुलेट बाइक’


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ-  बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको बुलेट बाइक नेपाली बजारमा पनि निकै लोकप्रिय मानिन्छ ।

भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीको साधारण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहकलाई सरप्राइजिङ्ग प्याकेज दिने तयारीमा छौँ ।’

देसारीको भनाइलाई आधार बनाउँदै भारतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनुमान गरेका छन् ।

अहिले रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडल बुलेट क्लासिक रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो ।

मिडिया रिपोर्टका अनुसार अहिले बिक्री भइरहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।

नयाँ बाइक पनि बुलेटकै प्याटर्फममा निर्माण भइरहेको जनाइएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।

नयाँ बाइक अहिलेको भन्दा केही फरक कलर अप्सनमा पाउन सकिने कम्पनीले जनाएको छ ।

नयाँ मूल्य अनुसार उक्त बाइकले बजारमा पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : २८ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,