खर्च कटौतीको लागि अपनाउनुस यस्तो तरिका « Khabarhub

खर्च कटौतीको लागि अपनाउनुस यस्तो तरिका


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमाई राम्रो भएपनि पैसा बचत नहुने समस्या धेरैको हुन्छ । आवश्यक र अनावश्यक खर्चको बारेमा थाहा नहुँदा यो समस्या देखिएको हो । आज हामी तपाईंलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा केही टिप्स दिदैछौं ।

१. पहिले बचत अनि मात्र खर्च : धेरै मानिसहरु आफ्नो हरेक महिनाको कमाइबाट खर्चको पैसा निकालेर मात्र बाँकि पैसा बचत गर्दछन् । तर तपाई साँच्चिकै बचत गर्न चाहानुहुन्छ भने त्यो शैली बदल्नुहोस् । आम्दानीबाट जति बचत सम्भव छ त्यो गरेर बाँकीबाट मात्र खर्च गर्ने गर्नुहोस् ।

२. बजेट बनाएरपछि मात्र खर्च : आफ्नो कमाई अनुसार तपाईले बजेट बनाउन सक्नुहुनेछ । औषधि, आपत्कालीन अवस्था, खाना आदि कुरामा पैसाको बजेट छुट्याउनु होस् र पत्ता लगाउनुहोस् कि, कहाँ अनावश्यक खर्च भईरहेको छ ।

३. आवश्यक र इच्छामा फरक सोच : धेरैजसो मानिसहरु घुम्नलाई धेरै मन पराउँछन् । र जे मन लाग्यो त्यो किन्छन् । त्यसैले आफ्नो आवश्यकता र इच्छामा फरक छुट्याउन सिक्नुहोस् ।

४. क्रेडिट कार्डको प्रयोग कम गरौँ : आज भोलि धेरै मानिसहरु प्लास्टिक मनिबाट किनबेच गर्दछन् । यो कार्डको चक्करमा धेरैजसोले यस्ता पनि कुराहरु किन्छन्, जो उनीहरुलाई आवश्यक नै छैन ।त्यसैले यस्ता कुरामा ध्यान दिनुहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : २१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का