आइपीएलमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित | Khabarhub Khabarhub

आइपीएलमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चेन्नई सुपर किग्सलाई ७ रनले हराउँदै सनराइजर्स हैदराबादले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीले जित्न सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रनमा आउट भए । साम करन १५ रनमा अविजित रहे ।

हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए ।

जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नई भने तीन हार र एक जितसहित २ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ४६ बजे

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत