प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने नेकपाको निर्णय | Khabarhub Khabarhub

प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने नेकपाको निर्णय


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ ।

शुक्रबार प्रदेश राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा लगिएको थियो । उक्त प्रस्तावपछि बुटवलमा भने विरोध शुरु भएको छ ।

सो विषयमा शनिवार बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको स्रोत बताउँछ ।

प्रदेश राजधानी दाङ बनाउने कि बुटवल भन्ने विषयमा पटकपटक विवाद हुँदै आएको छ । नेकपाको आजको बैठकमा पनि केही सांसदहरूले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएको धारणा राखे पनि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

प्रस्ताव पास गर्न दुई तिहाई आवश्यक पर्ने हुन्छ । प्रदेश सरकारमा ८७ सांसद छन् भने तीमध्ये ६१ सांसद नेकपाका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : २० बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि