प्रदेश ५ को राजधानी सार्ने निर्णयको बुटवलमा विरोध | Khabarhub Khabarhub

प्रदेश ५ को राजधानी सार्ने निर्णयको बुटवलमा विरोध


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीका स्थानीय तहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन् ।

रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको आज बुटवलमा भएको भेलाले प्रदेश नं ५ को सरकारले प्रदेशसभामा पेश गरेको नयाँ प्रस्तावका सम्बन्धमा रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।

भेलापछि जारी विज्ञप्तिमा उनीहरुले प्रदेशको स्थायी मुकाम रुपन्देहीलाई नै बनाउन सकिने प्रर्याप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै यहाँबाट अन्यत्र सार्न खोज्नु तथा सार्ने निर्णय गर्नु उचित नरहेको ठहरसमेत गरेका छन् ।

विज्ञप्तिमा बहुसङ्ख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने, ऐतिहासिक स्थल रुपन्देहीनै प्रदेशको स्थायी मुकामका रुपमा घोषणा गरियोस् भन्ने आम चाहना रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अस्थायी मुकामका रुपमा रहेको रुपन्देही विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएको उपयुक्त क्षेत्र बुद्धावलीको ऐतिहासिक क्षेत्रका रुपमा रहेको जिल्लामा मात्रै सिमित नरहेर पूर्वमा दाउन्ने र पश्चिममा धानखोलासम्मको यो बीचको तीन जिल्ला र छिमेककका पहाडी जिल्लाको समेत बृहत्तर रुपन्देहीमा अपनत्व रहेको उल्लेख गरिएको छ ।

यस्तै रुपन्देही उपयुक्त पूर्वाधार विकास, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सीमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्द्र र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको र जनसङ्ख्याको अनुपातका हिसाबले पनि रुपन्देही नै प्रदेश मुकामका लागि उपयुक्त स्थल रहेको ठहर भेलाले गरेको छ ।

प्रदेशको अस्थायी मुकाम स्थापना गर्न स्थानीय तह, व्यावसायिक, सामाजिक सङ्घसंस्था, सामुदायिक सङ्घहरुले गरेको योगदानको उच्च कदर गर्नु प्रदेशको कर्तव्य हुने भएकाले प्रदेशको स्थायी मुकामका सम्बन्धमा गरिएको यो निर्णयलाई सच्याउन स्थानीय सरकारका जनप्रतिनिधिको साझा माग रहेको विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न दल तथा सङ्घसंस्थाको विरोध

सरकारले प्रदेशसभामा राजधानीका लागि नयाँ ठाउँ प्रस्ताव गरेको बिरोधमा विभिन्न राजनितिक दल तथा सङ्घसंस्थाले बिरोध जनाएका छन् । सरकारलाई उक्त प्रस्ताव फिर्ता लिन र रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी तोक्नसमेत उनीहरुले माग गरेका छन् ।

सरकारको उक्त निर्णयको बिरोधमा नेपाली काँङ्ग्रेस शुक्रबार देखिनै आन्दोलनमा उत्रिएको छ । उक्त पार्टीको आज बुटवलमा भएको नगर, क्षेत्र र जिल्लास्तरीय भेलाले आन्दोलनका विभिन्न कार्यक्रमको घोषणासमेत गरेको छ ।

उक्त पार्टीले सरकारको निर्णयको बिरोधमा आइतबार जिल्ला बन्द र असोज १९ गते राजधानी सार्ने निर्णयको बिरोधमा उत्रन प्रदेशसभा सदस्यलाई दावाब दिन प्रदेशसभा अगाडी धर्ना दिने कार्यक्रमसमेत तय गरेको पार्टीका बुटवल नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।

यस्तै व्यवसायिक सङ्घसंस्थाले पनि सरकारको उक्त प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घलगायत संस्थाले अलगअलग विज्ञप्ति जारी गरेर बुटवलमा अस्थायी राजधानी स्थापनाका लागि आ आफ्ना भौतिक संरचना सरकारलाई बुझाएर योगदान गरेको तर, सरकारले अहिले आम जनताको चाहनाको अबमूल्यन गरेर राजधानी अन्यत्रै सार्ने प्रस्ताव ल्याएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ३७ बजे

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी

‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौँ’

काठमाडौं– नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी