कांग्रेस नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

कांग्रेस नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

उनीसहित कांग्रेसका केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।

कांग्रेसले बिहीवार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको १५९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमा रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र परीक्षण गरेको र पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरूको परीक्षण गरिएको थिएन ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र