कारागारमा रहेका ७ सय कैदीलाई कोरोना, आठ जनाको ज्यान गयो « Khabarhub

कारागारमा रहेका ७ सय कैदीलाई कोरोना, आठ जनाको ज्यान गयो


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए ।

त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एक/एक जनाको निधन भएको सापकोटाले बताए ।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो ।

त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ । सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ ।

आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए । शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ ।

विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ४४ बजे

रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध (तस्बिरहरु)

काठमाडौं- राजधानीको मुटु रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध मिलाइएको छ

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि

वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग

काठमाडौं– स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग विशेष कर

ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

काठमाडौं– शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको