एनएमबि बैंकले २४ घण्टा र सातै दिन एनएमबि सापटी प्रदान गर्ने | Khabarhub Khabarhub

एनएमबि बैंकले २४ घण्टा र सातै दिन एनएमबि सापटी प्रदान गर्ने


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले एनएमबि सापटी, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्‍चालित कर्जा सेवा सुरु गरेको छ ।

जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा रहेको बैंकले जनाएको छ । उक्त सेवा बैंकसम्म नधाइकनै मोवाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो ।

एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई १ लाखसम्म २४ घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन् ।

“एनएमबि सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्‍न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिवृद्धि गर्दछ ।

शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाइ कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्‍याउँदछ” एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै यो सेवा लिन सकिने बैंकले जनाएको छ । हालको विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा कर्जा योजना प्रस्तुत गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ०० बजे

युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत कर लगाउने नयाँ

मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी

काठमाडौं- भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्तामार्फत विश्वका विवाद र द्वन्द्व

८७ वर्षीय लीलाबहादुरको कृति हङकङमा लोकार्पण

काठमाडौं– तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी विद्यालयका ८७ वर्षीय पूर्व प्रधानाध्यापक लीलाबहादुर