अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी « Khabarhub

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान जारी


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

एजेन्सी- विश्व शक्तिराष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।

अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान शुरु भएको हो ।

अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान अनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ ।

प्रत्यक्ष मतदान जारी रहेपनि अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

चुनावको एक दिन अघि नै ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा मत दिइसकेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौं मतदाताले मतदान गर्दछन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो ।

राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति तथा रिपब्लीकनका तर्फबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो वाइडेनका बीचमा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको छ ।

वाइडेनले ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।

यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार-चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ४८ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक