अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३ हजारमा संक्रमण


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३ हजार ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै हो ।

यसअघि गत मंसिर ६ मा त्यहाँ एकैदिन २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४३ लाख १३ हजार ९४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ६२ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५५ लाख ७१ हजार ७२९ जनामध्ये २६ हजार १८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८३१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ८६५ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ३५ बजे

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने