राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली | Khabarhub Khabarhub

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले वीरेन्द्रनगरको कालिञ्चोकबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्‍याली निकालेर बुलबुले चोक, मंगलगढी चोक, मुख्य बजार हुँदै वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरेका थिए।

प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र घोषणा गर’ जस्ता नारा लगाइएको थियो।

देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय