पौडी खेल्न नदीमा पसेका दुई जना नेपालीको अस्ट्रेलियामा मृत्यु, एक जनाको अवस्था गम्भीर « Khabarhub

पौडी खेल्न नदीमा पसेका दुई जना नेपालीको अस्ट्रेलियामा मृत्यु, एक जनाको अवस्था गम्भीर


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । सिड्नीको उत्तरी क्षेत्रमामा रहेको हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरी लाई उद्धृत गर्दै अस्ट्रेलियाली समाचार संस्था सेभेन न्यूजले जनाएको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजे बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्न गएका तीन जना बेपत्ता भएको खबरपाएसँगै आपतकालीन उद्धारकर्ताहरु खटिए ।

उद्धारकर्मीले तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ ।

तर अन्य दुई जनाको अवस्था भने चार घन्टा पछि शव फेला परेको थियो । पौडी खेल्न गएका उनीहरु दलदलमा भासिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्ध‌ृत गर्दै निधन हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन् ।

स्थानी सञ्चारमाध्यमहरुका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए । पौडी खेल्न गएकाहरु हराएपछि शुक्रवार राति साढे सात बजे आपतकालीन सेवामा खबर गरिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ५ : ४८ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन