मापदण्ड विपरितका काठमाडौंका १८ पेट्रोल पम्प हटाइँदै « Khabarhub

मापदण्ड विपरितका काठमाडौंका १८ पेट्रोल पम्प हटाइँदै


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मापदण्ड विपरितका काठमाडौंका १८ वटा पेट्रोल पम्पलाई हटाइने भएको छ ।

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका हुन् ।

सडकको किनारमै रहेका तथा घना बस्तीका बीचमा नै पेट्रोलपम्प रहँदा असुरक्षा बढेको भन्दै आलोचना भइरहँदा त्यस्ता पेट्रोलपम्प हटाउन लागिएको हो ।

सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगमलाई पत्राचार समेत गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालका अनुसार काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन लागिएको हो ।

हटाउन लागिएको पेट्रोल पम्पको सूची यस्तो छ –

  1. कोत थुकु पेट्रोल पम्प, बालाजु
  2. जयन्ती पेट्रोल पम्प, थापाथली
  3. कनक पेट्रोल पम्प, कालीमाटी
  4. मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
  5. बाबा पेट्रोल पम्प, कलङ्की
  6. श्यामा पेट्रोल पम्प, कलङ्की
  7. त्रिशूल पेट्रोल पम्प, कलङ्की
  8. भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
  9. कामाख्या पेट्रोल पम्प, कोटेश्वर
  10. जुबी पेट्रोल पम्प, बौद्ध
  11. बराल पेट्रोल पम्प, बौद्ध
  12. सीता पेट्रोल पम्प, महाराजगञ्ज
  13. ललितपुरबाट हटाइने पेट्रोल पम्प
  14. बज्रबराही पेट्रोल पम्प, चापागाउँ
  15. बालकुमारी पेट्रोल पम्प, चापागाउँ
  16. टीका भैरव डिजेल स्टोर, चापागाउँ
  17. साझा पेट्रोल पम्प, जावलाखेल
  18. एच पी इन्टरनेसनल, जावलाखेल
  19. गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ०२ बजे

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको