नेपाल बंगलादेश बैंकद्वारा व्हीलचियर हस्तान्तरण « Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा व्हीलचियर हस्तान्तरण


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार १० वटा व्हीलचियर हस्तान्तरण गरेको छ ।

बैंकले बालाजु औद्योगिक छेत्रमा रहेको इन्फिनिटी ल्याब्समा बनाइका १० वटा व्हीलचियर सिआईएल काठमाडौंद्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्वारा सिआईएल काठमाडौंको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो ।

यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकप्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिने जनाइको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौंका महासचिव गणेश केसीको उपस्थितीमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुको दैनिक जीवनलाई थोरै भएपनि सहज बनाउन व्हीलचियर प्रदान गरिएको बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र