नेपाल बंगलादेश बैंकद्वारा व्हीलचियर हस्तान्तरण « Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा व्हीलचियर हस्तान्तरण


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार १० वटा व्हीलचियर हस्तान्तरण गरेको छ ।

बैंकले बालाजु औद्योगिक छेत्रमा रहेको इन्फिनिटी ल्याब्समा बनाइका १० वटा व्हीलचियर सिआईएल काठमाडौंद्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्वारा सिआईएल काठमाडौंको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको हो ।

यस्ता व्हीलचियरहरु नेपालमै उत्पादन गर्दा विदेशी मुलुकप्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिने जनाइको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौंका महासचिव गणेश केसीको उपस्थितीमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुको दैनिक जीवनलाई थोरै भएपनि सहज बनाउन व्हीलचियर प्रदान गरिएको बताए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : १४ बजे

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई