कोरोना त्रास : मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्न रोक « Khabarhub

कोरोना त्रास : मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्न रोक


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो ।

सहायक जिल्ला प्रमुख अधिकारी नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा ‘स–साना पारिवारिक जमघट बाहेक अन्य जात्रा, पर्व, मेला महोत्सव र यस्तै अन्य कुनै पनि कार्यक्रम तर्जुमा र सञ्चालन नगर्न नगराउन जिल्लाबासी नागरिकलाई जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ३६ बजे

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा

माधव नेपाललाई प्रश्न– नेकपा र एमालेबीचको सहमतिमा तपाईँ असहमत हो ?

काठमाडौं- एमाले-नेकपाबीचको सहकार्यबारे नेकपाका सहसंयोजक माधवकुमार असन्तुष्ट रहेको खबर बाहिरिएको

ट्रेन्ड फेरिँदा हिट लिस्टमा नयाँ निर्देशकहरू !

काठमाडौं – पछिल्लो हिट फिल्म ‘गौँथली’सम्म आइपुग्दा प्रष्ट हुन्छ– अब