सार्कका महासचिव विराकुनले सम्हाले कार्यभार « Khabarhub

सार्कका महासचिव विराकुनले सम्हाले कार्यभार


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका १४ औं महासचिवमा श्रीलंकाका इसाला विराकुन नियुक्त भएका छन् । उनले २०२० मार्च १ बाट कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त सार्क महासचिव विराकुनले तीनवर्ष कार्यकाल सम्हाल्नेछन् । विराकुन भारतका लागि श्रीलंकाली राजदूत भइसकेका कूटनीतिज्ञ हुन् । उनको नाम विदेशमन्त्री स्तरीय बैठकले गत सेप्टेम्बरमा न्यूयोर्कमा अनुमोदन गरेको थियो ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव रहेका थिए। श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका थिए ।

सार्कका वर्तमान महासचिव पाकिस्तानका अम्जद वि हुसेन सियाल सार्क शिखर सम्मेलन नै नगरी बिदाइ भएका छन् । उनी यसै साता पाकिस्तान फर्कंदैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ५९ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी