ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते सम्पन्न « Khabarhub

ललितपुरमा प्रथम मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते सम्पन्न


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसैसाता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट आएका ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन लामाले तेस्रो स्थान हात पारे ।

तौल समूहमा भने पुरुषतर्फ ३० केजीमा सचिन पुन प्रथम, सागर थिङ द्वितीय र रमित महर्जन तृतीय, ३५ केजीमा विश्वास मल्ल ठकुरी प्रथम, साहिल पुन द्वितीय र विक्रम चौधरी तृतीय, ४५ केजीमा निजर लामा प्रथम, अनमोल मास्के द्वितीय र अनमोल मल्ल तृतीय, ५० केजीमा सञ्जय राई प्रथम प्रविन राना द्वितीय र सञ्जय गुप्ता तृतीय तथा ६० केजीमा थमप्रसाद खड्का प्रथम, पुष्कर राउत द्वितीय तथा अजय चौधरी तृतीय भए ।

यसैगरी तौल समूहमै महिलातर्फ ५० केजीमा संगिता तामाङ प्रथम, अनिता एसके द्वितीय र शान्ति थापा मगर तृतीय, ५५ केजीमा दीपा शाही प्रथम, रञ्जिता गुरुङ द्वितीय र अमृताकुमारी सेन ठकुरी तृतीय तथा महिला खुलातर्फ अम्बिका भुजेल प्रथम, अनुपा नेपाली द्वितीय र जुनकिरी श्रेष्ठ तृतीय भए ।

नेपालमा क्योकुसिन कराते वि.स‌ं. २०५४ सालमा नै भित्रिएको थियो, त्यतिबेला बालकुमारी डोजोको रूपमा सञ्चालन भएकोमा हाल यसले संघको रूप धारणा गरिसकेको छ ।

नेपाल क्योकुसिन कराते संघले जापानको क्योकुसिन युनियनबाट समेत सम्बन्धन प्राप्त गरेको छ ।

संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे ।

आयोजक क्योकुसिन कराते संघका अध्यक्ष सुरेन्द्र डंगोलले अध्यक्षता गरेको उद्घाटन समारोहमा ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि सहभागी थिए ।

प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका रामजीप्रसाद बज्राचार्यले निर्वाह गरे ।

प्रतियोगिताका विजेतालाई मेडलसहित सिल्ड र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ०० बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी