कोरोना संक्रमणको सन्त्रास– कांग्रेसद्वारा सभा तथा सम्मेलनहरु स्थगित « Khabarhub

कोरोना संक्रमणको सन्त्रास– कांग्रेसद्वारा सभा तथा सम्मेलनहरु स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासका बीच नेपाली कांग्रेसले आफ्ना भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ ।

कोरोनाको संभावित संक्रमणबाट बच्न भन्दै सरकारले सार्वजनिक स्थानमा भिडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक अनुरोध गरेको थियो ।

संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले कोरोनाको संभावित संक्रमणको त्रासका कारण आफ्ना सबै सभा, सम्मेलन र भेलाहरु स्थगित गरेको हो ।

कांग्रेसले १४ औं महाधिवेशन लक्षित गरेर देशभर सभा तथा सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । अब, महाधिवेशनको तयारीका अन्य कार्यक्रम, सदस्यता वितरण तथा नवीकरण बाहेक सभा र सम्मेलनहरु गरिने छैनन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै ठूला सभा तथा सम्मेलनहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

नेपाली कांग्रेसले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न सतर्कता र चेतना अभियान चलाइने समेत जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : १८ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक