प्रधानमन्त्रीको होस आयो « Khabarhub

प्रधानमन्त्रीको होस आयो


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको होस आएको छ ।

बुधवार(आज) प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सकिएको १५ मिनेट पछि प्रधानमन्त्रीलाई आधा लिटर पिसाव भएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीमा होस आएको छ ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो ।

‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भने, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ।’

अस्पतालका अनुसार उनको स्वास्थ्य अहिले स्थिर अवस्थामा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ५८ बजे

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा