नेपालको भ्रमण गरी कोरोनाका कारण स्पेनमा मृत्यु भएका नागरिकको विवरण खोज्दै दूतावास « Khabarhub

नेपालको भ्रमण गरी कोरोनाका कारण स्पेनमा मृत्यु भएका नागरिकको विवरण खोज्दै दूतावास


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृत्यु भएको समाचार सार्वजनिक भएसँगै स्पेनस्थित नेपाली दूतावासले ती नागरिकको विवरण खोज्न थालेको छ ।

दूतावासका अनुसार मृत्यु हुने व्यक्तिको सम्पूर्ण विवरण लिन कर्मचारीलाई खटाएको जनाइएको छ । दूतावासले परराष्ट्र मन्त्रालय र  भ्यालेन्सिया अस्पताललाई मृतकको विवरण उपलब्ध गराउन आग्रह गरेको जनाइएको छ ।

हालै नेपाल भ्रमण गरेर फर्किएका उनको कोरोनाभाइरसको कारण मृत्यु भएको समाचार मंगलबार सार्वजनिक भएको थियो । उनको गत फेब्रुअरी १३ मा मृत्यु भएको भए पनि अहिले उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

स्पेनमा कोरोनाका कारण स्पेनमा मृत्यु भएको यो नै पहिलो घटना हो । हालसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट दुई सयको हाराहारीमा संक्रमित रहेको जनाइएको छ ।

यो पनि पढौं

नेपालबाट फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ५१ बजे

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र