काठमाडौंमहानगरले सरसफाइकर्मीलाई पनि ‘पीपीई’ प्रदान गर्ने « Khabarhub

काठमाडौंमहानगरले सरसफाइकर्मीलाई पनि ‘पीपीई’ प्रदान गर्ने


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले फोहोरको प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उपलब्ध गराउने बताएका छन् ।

‘पहिले हामी औषधि छर्ने काममा खटिने, ल्याण्डफिल साइटमा खटिने, अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई दिन्छौं । यसका लागि वातावरण व्यवस्थापन विभागबाट काम शुरु भइसकेको छ ।’, मेयर शाक्यले भने, ‘लकडाउनका समयमा महामारीबाट बच्न सबै मानिस घरमै बसेका बेला पनि सफाइकर्मीहरु काममै हुनुहुन्छ । उहाँहरुलाई जोगाउनु मेरो जिम्मेवारी हो ।’

कोभिड १९ को महामारीका समयमा अत्यावश्यक सेवामा काम गर्नेहरुका लागि सरकारले २५ लाख रुपैयाँको बीमा गरिसके उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैर-सरकारी संस्था गुथिले ५०० सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामाग्री उपलब्ध गराउने भएको छ ।

वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उपलब्ध हुने सामाग्रीको नमूना गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्यले महानगरका प्रमुख शाक्यलाई शुक्रबार हस्तान्तरण गरेका थिए ।

काठमाडौं महानगरमा करीब ९५० कर्मचारी सरसफाइमा काम गर्छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्ककाअनुसार काठमाडौं उपत्यकामा ६५ वटा सरसफाई कम्पनी छन् । यी कम्पनीअन्तर्गत करीब २ हजार ५०० सरसफाईकर्मी काम गर्छन् । देशभरिको करीब ६ हजार व्यक्ति सरसफाइमा काम गर्ने अनुमान छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार