लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर « Khabarhub

लकडाउनमा डेरामै रासनसहित पुगे राज्यमन्त्री मानन्धर


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनकाे समयमा काेही पनि भाेकै बस्नु पर्दैन हामी साथमा छाैं भन्ने घाेषणालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यान्वयनमा तीब्रता दिएका छन् ।

आर्थिक अभावमा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने थाहापाए पछि मन्त्री मानन्धरकाे माेबाइलमा स्थानीयले घण्टी बजाउने काम गरेका थिए ।

केही दिन अघि काठमाडौंमा काेही समस्यामा पर्नु भयाे भने फाेन गर्नुस भनेर मन्त्रीले आफ्नाे नम्वर सार्वजनिक गरेका थिए । उक्त नम्वरमा फाेन भएकाे सवा घण्टा पछि खाद्यान्न अभाव भएर बसेका एक परिवारलाई सहयाेग सामाग्री बाेकेर मन्त्री मानन्धर टुप्लुक्क पुगेका थिए ।

मन्त्रीले पर्सा जिल्ला घरभइ काठमाण्डाै चन्द्रागिरि नगरपालिका -१३ मा डेरा गरि बसेका जाैआद हुसेनकाे परिवारलाई खाद्यान्न सहयाेग गरेका हुन् । दुई दिन देखि खाद्यान्न नभएर भाेकै रहेका परिवारलाई स्थानीयकाे पहलमा मन्त्री मानन्धरलाई खवर भएपछि मन्त्री स्वयं खाद्यान्न लिएर पुगेका हुन् ।

मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनकाे परिवार निक्कै भावुक बनेकाे थियाे । कामगरेकाे ठाउँमा साहुले निकालि दिएपछि खाने खर्च पनि नभएकाे गुनासाे हुसेनले मन्त्रीलाई सुनाएका थिए ।

मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्ताे भएकाे हुसेनले भावुक हुँदै सुनाए । राहत लिएर मन्त्री स्वयंकाे आगमन भएपछि स्थानीयकाे प्रतिकृया थियाे मानन्धर जस्तै मन्त्री हुने हाे भने देश विकासकाे दुरी टाढा छैन। लकडाउनकाे समयमा अप्ठ्याराेमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयाेग गर्दै आइरहेका छन् ।

यस अघि पनि एक बिरामी परिवारकाे गाडी पठाएर उद्दार गरेका थिए भने उनकाे सचिवालय अप्ठ्याराेमा परेकाे नागिरकलाई सहयाेग गर्न तदारुक्ताका साथ लागिरहेकाे छ। हुसेनकाे परिवार जस्तै लकडाउनका कारण विभिन्न ठाउँमा नागरिक हरु समस्यामा परेका छन् ।

मन्त्री मानन्धरले जस्तै अन्य जनप्रतिनिधिहरुले पनि यसैगरि सहयाेग गर्ने हाे भने ती नागरिकले सरकार भएकाे अनुभूति गर्न पाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित