लकडाउनका बेला यी फिल्म हेर्न दीपिकाको सिफारिस « Khabarhub

लकडाउनका बेला यी फिल्म हेर्न दीपिकाको सिफारिस


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन छ । बलिउडका सबै सेलिब्रेटी आफ्नै घरमा छन् । कोरोनाबाट बच्न सबै सेलिब्रेटीले फ्यानलाई सचेत पनि गराएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह पनि लगातार सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानसँग जोडिएका छन् । उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट तस्वीर र भिडियो शेयर गर्ने गर्छन् ।

दीपिकाले घरमा खाना पकाउँदै गरेको तस्वीर पनि शेयर गरेकी थिइन् । यतिबेला भने उनले लकडाउनका वेला दुई फिल्म सिफारिस गरेकी छिन् ।

उनले हलिउड फिल्म ‘हर’ र ‘फ्यान्टम थ्रेड’ हेर्न सिफारिस गरेकी छिन् । यी दुवै फिल्मलाई समीक्षकले रुचाएका थिए ।

फिल्मको कुरा गर्नुपर्दा दीपिकाले अभिनय गरेको फिल्म ‘छपाक’ पछिल्लोपटक रिलिज भएको थियो । यो फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि समीक्षा राम्रो पाएको थियो ।

उनले हालै शकुन बन्नाको फिल्म साइन गरेकी छिन् । उक्त फिल्ममा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेलाई पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ११ : ३४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि