आगामी तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना « Khabarhub

आगामी तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २२ गते (सोमबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २३ गते (मंगलबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिनासहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २४ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तराईका भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : १९ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले