विषाक्त च्याउ खाँदा चितवनमा १२ जना बिरामी, दुईको अवस्था गम्भीर « Khabarhub

विषाक्त च्याउ खाँदा चितवनमा १२ जना बिरामी, दुईको अवस्था गम्भीर


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – विषाक्त च्याउ खाँदा चितवनमा भिन्दाभिन्दै दुई गाउँका दुई परिवारका १२ जना बिरामी भएका छन् । बिरामीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

भरतपुर महानगरपालिका–२९ कविलास जुगेडीका पाँचजना र कालिका नगरपालिका–३ पदमपुरका सातजना बिरामी भएका हुन् ।

जुगेडीका एकजना र पदमपुरका दुईजनाको अवस्था गम्भीर रहेको छ । शनिबार राति च्याउको तरकारी पकाएर खाएका जुगेडीका पाँचजना बिरामी भएपछि भरतपुर अस्पताल लगिएको थियो ।

त्यसैगरी कालिका–३ का वडाध्यक्ष टिकाराम रिजालका अनुसार आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका एकै परिवारका सातजना बिरामी भएर उपचारका लागि भरतपुर गएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार जुगेडीका पाँचजनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सक डा.महेन्द्र अग्रहरीका अनुसार सातजनामध्ये दुईजनाको अवस्था अलि गम्भीर र बाँकी पाँचजनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १२ : ५९ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत