कोरोना सङ्क्रमणबाट निको भएकाहरुको दिनचर्या फेरिँदै « Khabarhub

कोरोना सङ्क्रमणबाट निको भएकाहरुको दिनचर्या फेरिँदै


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज विकको अहिले दिनचर्या फेरिएको छ ।

कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना भएका विक निको भएर डिस्चार्ज भई ‘होम क्वारेन्टाइन’को बसाइँसमेत पूरा गरेपछि अहिले उनको दिनचर्या फेरिएको छ ।

सोह्र दिनको अस्पतालको आइसोलेशन र थप सात दिन होम क्वारेन्टाइनको बसाइँले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उनले बताए ।

चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा भर्ना भई १६ दिनपछि कोरोना पोजेटिभ निको भएर डिस्चार्ज भएकाका विकले भने , “ अहिले आफू स्वस्थ्य भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरु चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु ।”

मुम्बईको एक होटेलमा काम गर्दै आउनुभएका विक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटेल बन्द गरिएपछि गौरीफण्टा सीमा नाका हुँदै आफ्नो घर कैलाली फर्किएका थिए । उनले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाए ।
‘‘यहाँ केही अवसर छ्रैन, कोरोना शान्त भएपछि जीविका चलाउनका लागि पनि पुनः उतै जाने सोच राखेको छु”, उनले भने ।

कोरोना पोजेटिभ भएर निको भई अस्पतालबाट डिस्चार्ज भएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ । “दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु, उनले भने, घर बाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ ” दुबईबाट दिल्ली, काठमाडौँ र नेपालगञ्ज हुँदै कैलाली पुगेका उनमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो । उनी २९ दिन आइसोलेशनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ज भएका थिए ।

होम क्वारेन्टाइनको बसाइँ पूरा गरे पनि अझै उनीहरुले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरिरहेका छैन । परिवारका सदस्यले अझैँ छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज विकले बताए ।

प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
सङ्क्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताए ।

“आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्”, उनले भने , “रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेकाछौँ ।”

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ३१ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर