सरकारी वकिल कार्यालयमा समाजवादीका सांसद यादवको ‘अपहरण’सम्बन्धी उजुरी दर्ता | Khabarhub Khabarhub

सरकारी वकिल कार्यालयमा समाजवादीका सांसद यादवको ‘अपहरण’सम्बन्धी उजुरी दर्ता


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा साबिक समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयका प्रमुख तथा सहन्ययाधीवक्ता हरिप्रसाद रेग्मीका अनुसार सांसद यादव अपहरणसम्बन्धी निवेदन दर्ता भएको हो । रेग्मीले निवेदन दर्ता भएको पुष्टि गरे ।

उनले भने,‘अपहरणसम्बन्धी उजुरी दर्ता भएको छ । आवश्यक कानूनी प्रक्रिया पुरा गरेर अनुसन्धानका लागि प्रहरी कार्यालयमा पठाउने तयारी गरिरहेका छौं ।’

बैशाख १० गते  समाजवादीका पार्टी सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसनकुमार श्रेष्ठ र पूर्वआइजीपी सवेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

पछि सांसद यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरी परिसरले घटनास्थल काठमाडौं बाहिर रहेको भन्दै जाहेर दर्ता गर्न मानेको थिएन ।

प्रहरीले उजुरी दर्ता नगरेपछि डा यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता गराउन खोजेका थिए । तर, त्यतिबेला उजुरीको रित नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवको उजुरी फिर्ता पठाएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ५३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र