लकडाउनले अड्किएका अक्षयका ७ फिल्म « Khabarhub

लकडाउनले अड्किएका अक्षयका ७ फिल्म


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले बलिउडमा प्रायः सबै सेलिब्रेटीलाई मार पारेको छ । अहिले बलिउडमा न कुनै सुटिङ, न त कुनै प्रोडक्सन नै हुनपाएको छ न त कुनै हलमा फिल्म नै लागेका छन् ।

कैयौं ठुला ठुला फिल्म डिजिटल प्लेटफर्ममा तयार भएर पनि रिलिजको समय कुरेर बसेका छन् । तर यहिबीच अभिनेता अक्षय कुमारका भने ७ वटा फिल्म लकडाउनका कारण कुनै न कुनै क्षेत्रमा अड्किएर बसको छ ।

अक्षय कुमारका ७ फिल्म कुनै रिलिज हुने दिन कुरेर बसेका छन त कुनै प्रोडक्सनमा अड्किएको छ । जसका कारण अक्षय कुमार लकडाउनका पीडित सेलिब्रेटी बनेका छन् ।

यस्ता छन् लकडाउनमा अड्किएका उनका ७ फिल्महरू :

Akshay Kumar

१. ’अतरंगी रे’
अक्षय कुमार पहिलो पटक निर्देशक आनन्दएल रायको फिल्म’अतरंगी रे’ को सुटिङलाई तयार भए । १५ अप्रिलमा यस फिल्मको सुटिङ शुरु हुने थियो तर लकडाउनले रोक्यो ।

’अतरंगी रे’ एक रोमान्टिक ड्रामा फिल्म हो, जसमा अक्षयका साथ सारा अलीखान र धनुषदेखा पर्नेछन् ।

Akshay Kumar

२. ’बच्चन पाण्डे’
’हाउसफुल ४’ को सफलतापछि प्रोड्यूसर साजिद नाडियाडवाला र निर्देशक फरहाद सामजीका साथ यस फिल्ममा काम गर्ने तयारीमा थिए अक्षय कुमार । यो एक एक्सन फिल्म हो, जसमा अक्षय कुमारको दमदार अभिनय छ ।

मेबाट सुटिङ हुने यस फिल्मलाई पनि लकडाउनले होल्ड गराइदियो ।

Akshay Kumar

३. ’बेल बटम’
अक्षय कुमारको आउँदो फिल्म ’बेल बटम’ लकडाउन पहिला नै लुक रिलिज भएको थियो । जसमा अक्षय ८० का दशकको रेट्रो लुकमा देखापरेका छन् । २२ जनवरी २०२१ मा रिलिज मिति तय भएको यस फिल्मको पनि सुटिङ शुरु हुनपाएको छैन । अहिले यस फिल्मको स्क्रिप्टको काम भइरहेको छ ।

Akshay Kumar

४. एकता कपूरको कमेडी फिल्म
’वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ पश्चात अक्षयकुमार एकता कपूरको एक्सन कमेडी फिल्ममा काम गर्ने सम्झौता भयो । यो फिल्म तेलगुको हिट फिल्मको हिन्दि रिमेक हो । नोबेम्बरबाट मात्र सुटिङ शुरु गर्ने तयारीमा रहेको यस फिल्मको लकडाउनको कारण ६ महिना म्याद सारिएको छ ।

Akshay Kumar

५. ’लक्ष्मीबम’

’लक्ष्मीबम’ एक हरर कमेडी फिल्म हो । जसमा अक्षय कुमार किन्नरको भुमिकामा देखा पर्नेछन् । अक्षयको यस फिल्मको पोस्ट प्रोडक्शनको काम सुचारु थियो । जसलाई फाइनल हुनुअघि लकडाउने बिगारिदियो ।

यस फिल्ममा अक्षयका साथ कियारा आडवाणी देखा पर्देछिन् ।

Akshay Kumar

६. ’पृथ्वीराज’
अक्षय कुमारको पिरियड ड्रामा फिल्म ’पृथ्वीराज’ यहिबर्ष दिपावलीमा रिलिज हुने तयारीमा थियो । हुनत यस फिल्मको ५० प्रतिशत काम अझै पनि बाँकी नै छ । तसर्थ यसको म्याद सर्ने अनुमान गरिएको छ ।

फिल्ममा अक्षय राजपूत पृथ्वीराज चौहानको भुमिकामा देखा पर्नेछन् । यसै फिल्ममार्फत मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्दैछिन् ।

Akshay Kumar

७. ’सूर्यवंशी’
’सिंघम’, ’सिंबा’ जस्ता सुपरहिट फिल्म पश्चात रोहित शेट्टी अक्षय कुमारका साथ यस बर्ष सूर्यवंशी लिएर आउँदैछन् । यस फिल्मलाई दर्शक अत्यधिकम हत्वका साथ कुरिरहेका छन् । फिल्ममा अक्षयकुमार एक प्रहरी अफिसरको भुमिकामा देखा पर्नेछन् ।

पुरानो तय मितिअनुसार २४ मार्चमा नै रिलिज हुनुपर्ने यस फिल्मलाई लकडाउनले पछि सारेको छ ।

यस फिल्ममा अक्षयका साथ क्याटरीना क्याफ रहनेछिन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ११ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता