हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने अमेरिकाको तयारी | Khabarhub Khabarhub

हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने अमेरिकाको तयारी


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने भएको छ ।

त्यसलाई बैधता दिन अमेरिकी सदनमा विधेयक दर्ता भएको छ । चीनले स्वतन्त्रताको वकालत गर्ने हङकङका आन्दोलनकारीलाई दमन  गर्ने गरी नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाको दुबै सदनका सांसदले हङकङका आन्दोलनकारीलाई शरणार्थीको दर्जा दिने विधेयक दर्ता गराएका हुन् ।

हङकङ सेफ हार्बर एक्ट नाम दिइएको सो विधेयकलाई सिनेटरहरु बब मेनेन्डेज, टोड योङ, बेन काडिएन, जेफ मर्कले,मार्को रुबियोले माथिल्लो सदन तथा जोन कर्टिस, माइक ग्यालागर, टम सुजी र जिम म्याकगर्भनले तल्लो सदनमा दर्ता गराएको द वाल स्टेर्ट जर्नलले जनाएको छ ।

विधेयकमा कति हङकङबासीलाई यस्तो दर्जा दिइने हो, उल्लेख छैन। यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ब्रिटिस नेसनल ओभरसिज’ दर्जा पाएका ३० लाखभन्दा बढीलाई नागरिकताको बाटो खुला गर्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ३६ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार