अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको छ ।

शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६१६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख १० हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४७ हजार ५१३ जनामध्ये १५ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : २६ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर