शंख बजाउनुका फाइदा र धार्मिक मान्यता « Khabarhub

शंख बजाउनुका फाइदा र धार्मिक मान्यता


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विशेषतः हिन्दु धर्मालम्बीहरुले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।

प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।

यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?

शंखको अरु उपयोगीता के के छ त ?

धार्मिक कारण
१. शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।
४. यसको ध्वनीले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखको ध्वनीले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ
१. यसको ध्वनीले वातावरणमा रहेको कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछ ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ यसले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी संचित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हून्छ ।
४. यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आखाँ निरोगी एवं स्वस्थ्य राख्दछ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाब जल मिसाएर कपाल धुदाँ बलियो, मुलायम र बाक्लो हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : २१ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण