शंख बजाउनुका फाइदा र धार्मिक मान्यता | Khabarhub Khabarhub

शंख बजाउनुका फाइदा र धार्मिक मान्यता


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विशेषतः हिन्दु धर्मालम्बीहरुले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् ।

शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।

प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो ।

यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?

शंखको अरु उपयोगीता के के छ त ?

धार्मिक कारण
१. शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।
४. यसको ध्वनीले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखको ध्वनीले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

स्वास्थ्य लाभ
१. यसको ध्वनीले वातावरणमा रहेको कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछ ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ यसले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी संचित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हून्छ ।
४. यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आखाँ निरोगी एवं स्वस्थ्य राख्दछ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाब जल मिसाएर कपाल धुदाँ बलियो, मुलायम र बाक्लो हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : २१ बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति