भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै | Khabarhub Khabarhub

भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् ।

८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको छ ।

पूर्वराजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरू गरेको थियो ।

स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।

छोरा फेलिपेलाई सन् २०१४ मा सत्ता हस्तान्तरण गरेका उनी देश छोडेर अब कहाँ जान लागेका हुन् भन्नेबारे केही पनि नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ०५ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट