भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै « Khabarhub

भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छोड्दै


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् ।

८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको छ ।

पूर्वराजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध हुने प्रतिबद्धतासमेत जनाएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरू गरेको थियो ।

स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।

छोरा फेलिपेलाई सन् २०१४ मा सत्ता हस्तान्तरण गरेका उनी देश छोडेर अब कहाँ जान लागेका हुन् भन्नेबारे केही पनि नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ०५ बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ