काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो « Khabarhub

काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र १४ वटा अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन केन्द्रको रुपमा छुट्याएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं उपत्यका भित्र १४ वटा अस्पतालहरुमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने स्थान तोकेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूती गृहलाई स्वाब संकलन केन्द्र तोकिएको हो ।

यस्तै स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकिएको छ । यी १४ वटा अस्पतालहरुमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले स्वाब दिएर कोरोना परीक्षण गर्न सक्नेछन् ।

यी १४ वटा अस्पतालमा कोरोना परीक्षणका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेस्म्म स्वाब परीक्षण गराउन सकिने छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले काठमाडौं उपात्यकामा कोरोनाको जोखिम बढिरहेको बताए । उपत्यकाभित्र कोरोना संक्रमणको जोखिम बढेकाले सबै सर्वसाधारणहरुलाई जनस्वाथ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न, चाडपर्वहरु घरमै बसेर मनाउन समेत अपिल गरेका छन् ।

Image may contain: text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना सूचना !! सूचना मिति सम्बन्थमा महामारी संक्रमण बढिरहेको उपत्यकाकमा यसको बढिरहेको सर्वसाधारण घरबाहिर अत्यावश्यक अवस्थामा संकास्पद खोजपडताल सम्पर्कमा व्यक्तीहरु जोखिमयुक्त स्थाहरुबाट केन्द्रमा विहानको अस्पतालहरु सबैमा अवस्थामा काठमाडौ जनस्वास्थ्यका भिडभाड नगने, सस्बन्थमा विरामीको बनाईएको भएका व्यक्तीहरुले परिक्षण संकलन केन्द्रहरु: अनुरोध सहयोग गर्न अस्पताल, सिभिल शिक्षण अस्पताल विरेन्द्र अस्पताल अस्पताल भक्तपुर अस्पताल अस्पताल अस्पताल शसस्त्र प्रहरी प्रसुती हयाम्स अस्पतालहरु अस्पतालहरु, कोभिड मैत्री अस्पताल अस्पतालहरु, कोभिड अस्पताल .... समिरकुमार अधिकारी सह-प्रवक्ता, मन्त्रालय'

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : ११ बजे

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ– नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम