काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो « Khabarhub

काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र १४ वटा अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन केन्द्रको रुपमा छुट्याएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं उपत्यका भित्र १४ वटा अस्पतालहरुमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने स्थान तोकेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूती गृहलाई स्वाब संकलन केन्द्र तोकिएको हो ।

यस्तै स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकिएको छ । यी १४ वटा अस्पतालहरुमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले स्वाब दिएर कोरोना परीक्षण गर्न सक्नेछन् ।

यी १४ वटा अस्पतालमा कोरोना परीक्षणका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेस्म्म स्वाब परीक्षण गराउन सकिने छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले काठमाडौं उपात्यकामा कोरोनाको जोखिम बढिरहेको बताए । उपत्यकाभित्र कोरोना संक्रमणको जोखिम बढेकाले सबै सर्वसाधारणहरुलाई जनस्वाथ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न, चाडपर्वहरु घरमै बसेर मनाउन समेत अपिल गरेका छन् ।

Image may contain: text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना सूचना !! सूचना मिति सम्बन्थमा महामारी संक्रमण बढिरहेको उपत्यकाकमा यसको बढिरहेको सर्वसाधारण घरबाहिर अत्यावश्यक अवस्थामा संकास्पद खोजपडताल सम्पर्कमा व्यक्तीहरु जोखिमयुक्त स्थाहरुबाट केन्द्रमा विहानको अस्पतालहरु सबैमा अवस्थामा काठमाडौ जनस्वास्थ्यका भिडभाड नगने, सस्बन्थमा विरामीको बनाईएको भएका व्यक्तीहरुले परिक्षण संकलन केन्द्रहरु: अनुरोध सहयोग गर्न अस्पताल, सिभिल शिक्षण अस्पताल विरेन्द्र अस्पताल अस्पताल भक्तपुर अस्पताल अस्पताल अस्पताल शसस्त्र प्रहरी प्रसुती हयाम्स अस्पतालहरु अस्पतालहरु, कोभिड मैत्री अस्पताल अस्पतालहरु, कोभिड अस्पताल .... समिरकुमार अधिकारी सह-प्रवक्ता, मन्त्रालय'

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : ११ बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी