बेलायतमा अनुमति दिइएको कोरोनाको खोपले काम गर्नेमा विश्वस्त छु – डा.फाउची « Khabarhub

बेलायतमा अनुमति दिइएको कोरोनाको खोपले काम गर्नेमा विश्वस्त छु – डा.फाउची


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आममानिसका लागि कोरोनाको खोप लगाउन बेलायतले दिएको निर्णय सही ठहरिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो टिप्पणी सच्च्याउँदै फाउचीले बेलायती प्रक्रियाप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका हुन् ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने बेलायत पहिलो देश बनेको थियो।

उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो।त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले अहिले भने माफी मागेको बीबीसीले जनाएको छ ।

उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भनेका छन्, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’

आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता मात्र उजागर गर्न खोजेको प्रष्ट्याएका छन् ।

अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन चर्को दबाब परेको छ। त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : १५ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार