सपनाको अभियानमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको प्रतिवद्धता « Khabarhub

सपनाको अभियानमा सरकारले साथ दिने अर्थमन्त्री पौडेलको प्रतिवद्धता


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन्।

शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मगरसँग भेट गर्दै बीबीसी १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन्।

उनले व्यक्तिगत स्तरबाट समाज सेवा गरेको भन्दै उनको प्रसंसा गरे। अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए।

सपनालाई बीबीसीले संसारका १ सय जना प्रभावशाली महिलाको सूचीमा पारेपछि उनको कामको प्रसंसा देश/विदेशमा समेत भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : १५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि