नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने अर्का व्यक्ति पक्राउ « Khabarhub

नेपाली बैंक ह्याक गरी १ करोड लुट्ने अर्का व्यक्ति पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप १ जना पक्राउ परेका छन् ।

नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर नेपालको कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर १ करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेका जनाइएको छ ।

मोरङको रङ्गेली घर भएका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी १ करोड रुपैयाँजति लुटपाट गरेका जनाइएको छ ।

लामो समयदेखि खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए ।

महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेका छ ।

प्रहरीले गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो ।

यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाका अनुसार असोज पहिलो साता र मंसिरमा पक्राउ परेका व्यक्ति नाइजेरियन नागरिक ‘पिटर काले’ भनिने पिटर हर्मेन असेंगाका सहयोगी हुन् ।

यस्तै, केही दिन अगाडि पक्राउ परेका दीपक पनि ‘पिटर काले’ समूहका मुख्य सदस्य हुन् । उनले ‘पिटर काले’को निर्देशनानुसार नेपालमा एजेन्टहरुलाई परिचालन गर्ने गर्दथे ।

एसएसपी थापाका अनुसार गत असोज ५ गते कृषि विकास बैंक ह्याक हुँदा दीपकको खातामा १ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो । पछि अनुसन्धान गर्ने क्रममा उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी उक्त रकम आफ्नो खातामा जम्मा गर्न सफल भएका थिए ।

‘अहिले पक्राउ परेको दीपक पनि पिटरकै समूहको सदस्य हो । असोजमा कृषि विकास बैंक ह्याक कृषि विकास बैंकमै रहेको उसको खातामा १ करोड रुपैयाँ गएको थियो । उसले पैसा भने निकाल्न सकेको थिएन । पैसा निकाल्न नपाउँदै हामीले अनुसन्धान गरेर उसको खाता रोक्का गरिएको थियो,’ महाशाखा प्रमुख थापाले खबरहबसँग भने ।


नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न


बैंक ह्याकिङसँगै नाइजेरियन ‘काले’को ठगी धन्दा– फेसबूकमा आउँथ्यो ‘करोडौं जितेको’ म्यासेज

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : १४ बजे

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि