मलद्वारमा लुकाएर ल्याएको सुनसहित चौथोपटक भारतीय नागरिक पक्राउ « Khabarhub

मलद्वारमा लुकाएर ल्याएको सुनसहित चौथोपटक भारतीय नागरिक पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः २ जना भारतीय नागरिक मलद्वारा लुकाएर ल्याइएको सुन तथा हिरासहित पक्राउ परेका छन् ।

युएईको दुबईबाट काठमाडौं उत्रिएका भारतीय नागरिक मोहम्मद मेदिन र कोटाकुथ किज्हाकिथिल ५ सय ९९ ग्राम सुन र २ स २ ग्राम हिरासहित पक्राउ परेका हुन् ।

उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षनजिक पुग्दा शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुले मलद्वारा लुकाएर सुन र हिरा ल्याएको भेटिएको हो ।

पछिल्लो एक साताको अन्तरालमा मात्रै आइतबारसमेत गरी चौथोपटक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।

पुस १५ गते २ जना भारतीय नागरिक मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ परेका थिए ।

यस्तै, बिहीबार गालेर ल्याइएको १ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेकामा शुक्रबार मलद्वारमा लुकाएर ल्याइएको २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ३८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज