मलद्वारमा लुकाएर ल्याएको सुनसहित चौथोपटक भारतीय नागरिक पक्राउ « Khabarhub

मलद्वारमा लुकाएर ल्याएको सुनसहित चौथोपटक भारतीय नागरिक पक्राउ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः २ जना भारतीय नागरिक मलद्वारा लुकाएर ल्याइएको सुन तथा हिरासहित पक्राउ परेका छन् ।

युएईको दुबईबाट काठमाडौं उत्रिएका भारतीय नागरिक मोहम्मद मेदिन र कोटाकुथ किज्हाकिथिल ५ सय ९९ ग्राम सुन र २ स २ ग्राम हिरासहित पक्राउ परेका हुन् ।

उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षनजिक पुग्दा शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुले मलद्वारा लुकाएर सुन र हिरा ल्याएको भेटिएको हो ।

पछिल्लो एक साताको अन्तरालमा मात्रै आइतबारसमेत गरी चौथोपटक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।

पुस १५ गते २ जना भारतीय नागरिक मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ परेका थिए ।

यस्तै, बिहीबार गालेर ल्याइएको १ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेकामा शुक्रबार मलद्वारमा लुकाएर ल्याइएको २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ३८ बजे

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका