घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्न आदेश « Khabarhub

घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्न आदेश


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ ।

पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बंगलादेशी अभियोजनकर्ताहरूले जनाएका छन् ।

“ती सबै जना न्यायालयबाट भागेका अधिकारी हुन्,” अभियोजनकर्ता कुर्सिद अलाम खानले एएफपीलाई बताए । सिन्हाले पदमा रहँदा आर्थिक अपचलन गरेको र एक बैंकबाट अर्को गर्दै सम्पत्ति शुद्धिकरण गरेको आरोप छ ।

सिन्हाले सरकारविरोधी हुनेगरी न्यायिक स्वतन्त्रताको पक्षमा महत्वपूर्ण फैसला गरेको आरोप छ । उनीमाथिको आरोपले चर्कोरूप लिएपछि सन् २०१७ को अन्त्यतिर बंगलादेशबाट पलायन भै उत्तर अमेरिकामा रहँदै आएका छन् ।

मुसलमान बहुल राष्ट्र बंगलादेशमा सिन्हालाई हिन्दू भएको कारण उनको विश्वशनीयतामाथि आक्रमण गर्दै आर्थिक अपचलन गरेको आरोप प्रतिपक्षी तथा अधिकारवादी समूहहरूले लगाउने गरेका छन् । सिन्हा हिन्दू समुदायबाट बंगलादेशको प्रधानन्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् ।

सिन्हाले नेतृत्व गरेको अदालतका अन्य न्यायाधीशले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीसँग काम गर्न नसक्ने भन्दै विरोध जनाएपछि बंगलादेशको सर्वोच्च अदालतले सन् २०१७ मा अदालतको अभ्यासमा दुर्लभ मानिने विज्ञप्ति जारी भएपछि देशबाट पलायन भएका थिए ।

सिन्हामाथि उक्त आरोप लाग्नुभन्दा पहिले उनले संसदले सर्वोच्च अदालतका उच्च अधिकारीलाई वर्खास्त गर्ने प्रावधानलाई एक आदेशद्वारा खारेज गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ४५ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक