सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त « Khabarhub

सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् ।

राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् ।

न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आज भारती धरौटीमा छुटेका हुन् । अदालतले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएपछि भारती कारागारमुक्त भएका हुन् ।

कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी रु १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । भारतीले सो रकम बुझाएका छन् ।

सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो । पूर्व महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो ।

राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ०० बजे

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,

न्यूनस्तरको खाद्यपदार्थ बिक्री गर्ने चार उद्योगविरुद्ध मुद्दा दर्ता

चितवन– न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध