चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास « Khabarhub

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ ।

थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गरेको समाचारमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाइ विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन दिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यस क्रममा उनले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाइ सरकार तत्पर रहेको बताएका थिए ।

चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार बताएको थियो ।

डब्लूएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले अहिले विश्व कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको माहामारीको अवस्थामा रहेको बताएका थिए । यसअघि नै विश्व स्वास्थ्य संगठनले यस भाइरसको सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रमा रहेको बताएको थियो ।

कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । ती मध्ये २ हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १ : ३३ बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन