स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७४९ जनाको मृत्यु | Khabarhub Khabarhub

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७४९ जनाको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

स्पेनमा एकैदिन ६ हजार ९६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १६८ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये ३४ हजार २१९ जना उपचारपछि निको भएका छन् । ६ हजार ५ सइ ३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।

एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ५६ बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा