स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७४९ जनाको मृत्यु « Khabarhub

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७४९ जनाको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

स्पेनमा एकैदिन ६ हजार ९६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १६८ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा संक्रमितमध्ये ३४ हजार २१९ जना उपचारपछि निको भएका छन् । ६ हजार ५ सइ ३२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ ।

एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार