लकडाउनले वाग्मती सफाइ महाअभियान प्रभावित | Khabarhub Khabarhub

लकडाउनले वाग्मती सफाइ महाअभियान प्रभावित


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत शुरु भइसकेको छ । उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान शुरु भएको छ । बन्दाबन्दी शुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : १० बजे

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

काठमाडौं– सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन

काठमाडौं- महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई

हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल काट्जले सशस्त्र समूह हमास हतियार बिसाएर

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे 

काठमाडौं–  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा