कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै « Khabarhub

कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– फ्रान्सको राजधानी पेरिसमा रहेको रोँजिस इन्टरनेशनल संसारको सबैभन्दा ठूलो थोक बजार हो ।

कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएपछि शवको व्यवस्थापनका लागि अहिले यो बजारलाई अस्थायी शवगृह बनाइएको छ ।

फ्रान्समा हालसम्मा कोरोना भाइरसका कारण ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

तर, अस्थायी शवगृह बनाइएपनि उक्त बजार भने बन्द गरिएको छैन । बजारमा मानिसहरुको चहलपहल र सामानको कारोबार पनि नियमित भइरहेको छ ।

पेरिसको दक्षिणी क्षेत्रमा रहेको उक्त बजारमा १ हजारभन्दा धेरै कफिन अट्नेगरी शवगृह बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शव नबिग्रियोस् भन्नाका लागि शवगृहमा चिस्यानको समेत बन्दोबस्त गरिएको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको शव राख्नका लागि पर्याप्त स्थान नभएका कारण बजारलाई नै अस्थायी शवगृह बनाउनुपरेको प्रहरीले जनाएको छ ।

शुक्रबारबाट शवहरु आउन शुरु भएको र सोमबारबाट आफन्तहरुलाई उच्च सतकर्तासाथ शव हेर्न दिइने जनाइएको छ ।

थोक बजारको एउटा कुनामा बनाइएका कारण शवगृहले बजारमा हुने कारोबारमा कुनै असर नपर्ने जनाइएको छ ।

५७५ एकड क्षेत्रफलमा फैलिएको उक्त बजारमा १५ हजारभन्दा धेरैले काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : ५२ बजे

सानेपा पुगेर रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको