लकडाउनका बेला सुर्खेतमा बाढीपीडितलाई सहयोग | Khabarhub Khabarhub

लकडाउनका बेला सुर्खेतमा बाढीपीडितलाई सहयोग


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– २०७१ सालको बाढीले घरबारविहिन भई सुर्खेतका विभिन्न शिविरमा बस्दै आएका बाढीपीडित परिवारलाई यहाँका युवाले राहत सहयोग गरेका छन् । युवाले बराहताल गाउँपालिकाका–२ गिरिघाट सुर्खेतमा बस्दै आएका ९० घर परिवारलाई राहत सहयोग गरेका हुन् ।

युवाहरुद्ये बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र वडाध्यक्ष योवराज कार्की, सुरक्षाकर्मी र पत्रकारको रोहवरमा राहत सहयोग गरेका हुन् । सडक छेउमा गिट्टी कुटेर ज्याला मजदुरी गर्ने बाढीपीडितको गास लकडाउनले रोकिएको अवस्थालाई मध्यनजरगरी राहत सहयोग गरिएको समाजसेवी युवा एवं सुर्खेत होराईजन एकेडेमीका प्रधानाध्यापक घनश्याम खड्काले बताए ।

‘कोभिड–१९’ को प्रतिकार्य तथा रोकथाम गर्न नेपाल सरकारले गरेको लकडाउनबाट सबैभन्दा बढी घरबारविहिनलाई समस्या परेको छ,’ युवा खड्काले भने, ‘यसको पहल पत्रकार तथा समाजसेवी नगेन्द्र उपाध्यायले गर्नुभएको हो । यतिबेला म र युवा मिन खड्काले रु.३०/३० हजारको खाद्यवस्तु बाढीपीडितलाई उपलब्ध गराएको छौँ ।’

त्यस्तै मध्यपश्चिम बोर्डिङ् स्कूलका प्रधानाध्यापकसमेत रहेका समाजसेवी युवा मीन खड्काले मानवीय समवेदनालाई केन्द्रमा राखेर राहत सहयोग गरिएको बताए । पीडितलाई सहयोग मात्र नभई सरकारलाई यो संकटमा साथ दिनु सबैको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

पत्रकार तथा सामाजिक अभियान्ता नगेन्द्र उपाध्यायले दुःख र भोकको समाचार लेख्नेमात्र नभई उनीहरुको भोक मेटाउन काम गर्नु अझ बढी उत्तम ठानेर पीडितका लागि राहत सङ्कलन तथा वितरण अभियानमा लागेको बताए । ‘बाढीपीडितको समस्या निकै विकराल भएकोले देश विदेशका साथीबाट राहत सङ्कलन तथा वितरण गरिरहेको छु । अब विस्तारै बाढीपीडितको शिविरमा पुगरे राहत वितरण कार्यलाई तीव्रता दिनेछु,’ उनले भने ।

बराहताल र भेरीगंगा नगरपालिकागरी ११३ बाढीपीडित परिवारलाई स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न उपलब्ध गराइएको उनले बताए । उपाध्यायका अनुसार पीडितहरुलाई युवा व्यवसायी बखतबहादुर शाहीले २० बोरा चामल, मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालक प्रेम हमालले २० हजार रुपैयाँ नगद, नेपाल विद्यार्थी संघ युवा नेता विवेक आचार्य २० हजार नगद, न्यू हिमाल ट्रेडर्स सञ्चालक हिमाल जैसीले पनि २० हजार नगद राहत अभियानमा सहयोग गरेका थिए ।

त्यस्तै, युवा लवराज सुवेदीले रु.१० हजार, सुशील केसीले रु पाँच हजार, टिभी टुडे नेटवर्कका पत्रकार तिलक पौडेलले रु दुई हजार सहयोग गरेका हुन् । ०७१ सालको बाढीले यहाँका एक हजार ४५ परिवार घरबारविहिन बनाएपछि करिब ६ वर्षदेखि सुर्खेतको पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : २० बजे

राजस्व संकलनमा थप मेहनत आवश्यक : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने 

काठमाडौं– पश्चिम तराईका थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य

रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही कात्तिक २३

यसरी छानिन्छन् संसारकै शक्तिशाली व्यक्ति

काठमाडौं- संसारकै शक्तिशाली व्यक्तिका लागि निर्वाचन हुन अब केही घण्टा