डाक्टरको भेषमा काठमाडौंबाट झापा पुगेका २ युवक पक्राउ « Khabarhub

डाक्टरको भेषमा काठमाडौंबाट झापा पुगेका २ युवक पक्राउ


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकडभिट्टा– चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापाको काँकडभिट्टा पुगेका २ जना युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले २ जना युवालाई पक्राउ गरेको हो । फक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन् ।

प्रहरीले उनीहरुको साथबाट डा. विनोद श्रेष्ठ नाम गरेको नक्कली परिचय पत्र समेत बरामद गरेको छ ।

उनीहरु बिहान बा ६ च ७०१९ नम्बरको कार चढेर काँकडभिट्टा आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार सोधपुछ गर्ने क्रममा उनीहरुले झापामा स्वास्थ्य शिविर चलाउन आएको बताएका थिए ।

कोरोनाको सन्त्रासका कारण देशव्यापी लकडाउनको आवस्थामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भनेपछि प्रहरीले उनीहरुसँग मेडिकल काउन्सिलको दर्ता नम्बर मागेको थियो । मेडिकल काउन्सिलको दर्ता नम्बर दिन नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनीहरु अरु नै कामका लागि डाक्टरको भेष धारण गरेर झापा पुगेको खुलेको एसपी कोइरालाले बताए ।

दुवै जना लागू औषधको खोजीका लागि काठमाडौंबाट झापा पुगेको हुन सक्ने एसपी कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : २२ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका