ललितपुर महानगरद्वारा पाँच करोडको राहत कोष स्थापना « Khabarhub

ललितपुर महानगरद्वारा पाँच करोडको राहत कोष स्थापना


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस (कोभिड —१९) राहत कोष स्थापना गरेको छ ।

महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन उक्त समितिको संयोजक छन् ।

उक्त कोषबाट नै कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनले ललितपुर महानगरपालिकालमा लकडाउनका कारण कोही भोकै पर्न नहुने बताए ।

वडा वडामा प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको थियो ।

यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपाल सरकारले गरेको लडडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : २६ बजे

सानेपा पुगेर रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको